७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

ओएनएफ अष्ट्रेलियाको राष्ट्रिय अधिवेशन जुलाईको पहिलो साता हुने


२ वैशाख, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया(ओएनएफ)को राष्ट्रिय अधिवेशन जुलाईको पहिलो साता हुने भएको छ । यसै गरि नेपालमा आगामी मे १३ मा हुने स्थानिय निर्वाचनमा नेकपा एमालेको पक्षमा प्रचार प्रसारमा सहयोग गर्न मञ्चले प्रवक्ता सन्तोष दहालको संयोजकत्वमा २०१ सदस्यीय समिति समेत निर्माण गरेको छ ।

बिहिवार अध्यक्ष केशव जोशीको अध्यक्षता भर्चुअल माध्यमबाट बसेको मञ्चको सचिवालय बैठकले नेपाली जनताको बलिदानी पुर्ण संघर्षबाट प्राप्त स्थानिय सरकार र त्यसको अधिकार रक्षाका लागि सम्पुर्ण नेपाली मतदाताहरुलाई निर्वाचनमा सहभागी हुन आव्हान गरेको छ ।

प्रचार प्रसार समितिमा होम नाथ निरौला सह संयोजक र प्रेम शाही सचिव रहेका छन । मञ्चका सचिव शिशिर नेपालका अनुसार राष्ट्रिय अधिवेशनका बारेमा अप्रिल २८ मा बस्ने राष्ट्रिय समितिको पुर्ण बैठकले मिति र स्थानका सहित थप निर्णय गर्ने बताए ।

प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी सचिव रमेश पाण्डेको प्रमुख आतिथ्य र ओशियाना इन्चार्ज विनोद श्रेष्ठको आतिथ्यमा भएको बैठकले आगामी मे १ मा वेस्टन अष्ट्रेलियाको पर्थमा हुने राज्य समितिको भेलामा त्यस राज्यमा रहनु भएका न्याय प्रेमी नेपाल र नेपालीको संमृद्धीको पक्षमा रहनु भएका प्रवासी नेपालीहरुलाई सहभागी हुन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७९, शुक्रबार १७:१०