११ आश्विन २०८१, शुक्रबार | Fri Sep 27 2024

आफ्नै रेकर्ड तोड्दै पेट्रोलियम पदार्थको मूल्यमा नयाँ कीर्तिमान बनायो देउवा सरकारले

१९ फागुन, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु पाँचले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १५०, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३३ पुगेको छ ।

यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । योसँगै शेरबहादुर देउवाको सरकारले आफ्नै रेकर्ड तोड्दै पेट्रोलियम पदार्थको मूल्यमा नयाँ कीर्तिमान बनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार २२:०४