१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

पर्यटकको फेक रेस्क्यु प्रकरणमा संलग्न थप १ जना पक्राउ

२७ फागुन, काठमाडौं । पर्यटककाे फेक रेस्क्युमा संलग्न थप एक जना पक्राउ परेका छन्। बुधबार थप एक जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयाे । पक्राउ पर्नेमा पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सञ्चालक सोलुखुम्बु, सोलु दुधकुण्ड नगरपालिका वडा नं. १ का ५० वर्षीय पासाङ शेर्पा रहेका छन् ।

योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थि एजेन्ट, हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक गरी पक्राउ पर्नेको संख्या १० पुगेको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुरमा र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : March 11, 2026 at 5:39 pm