१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

बानेश्वरमा भएको झडपमा दुई जना घाइते

https://www.muktinathbank.com.np/online/loan-application

१२ फागुन, काठमाडौं । एमसीसी विरुद्ध बिहीबार नयाँ बानेश्वरमा भएको प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा तीन जना घाइते भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा पत्रकारसहित दुई जना घाइते भएका हुन् ।

घाइते भएका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजगको नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । बानेश्वर प्रहरीका अनुसार उनको टाउको र शरीरमा चोट लागेको छ ।

अर्का घाइते केदार सिवाकोटीको पनि एभरेष्ट अस्पतालमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । रगज प्रर्दशनको भिडियो खिच्ने क्रममा र सिवाकोटी प्रर्दशनमा उत्रिएको बेला घाइते भएका हुन् ।

प्रकाशित मिति : February 24, 2022 at 6:09 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/