१२ मंसिर २०८३, शुक्रबार | Fri Nov 27 2026

गृहमन्त्री र सभामुख सापकोटाबीच भेटवार्ता

https://www.muktinathbank.com.np/online/loan-application

१२ फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले आज दिउँसो सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर सापकोटालाई भेटेका हुन् ।

संसदको गतिरोध हटाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सदनबाट पारित गराउने उपायबारे खाँणले सापकोटासँग छलफल गरेको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

खाँण सभामुखलाई भेटेर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । संसदमा एमसीसी छलफललाई कसरी लैजाने भन्नेबारे सहमति नहुँदा भोलिसम्मको लागि बैठक स्थगित भएको छ ।

प्रकाशित मिति : February 24, 2022 at 4:57 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/