प्रचण्डको आदेशपछि सभामुखले स्थगित गरे संसद बैठक
१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको आदेशपछि सभामुख अग्नि सापकोटाले संसद बैठक सूचना टाँस गरेर स्थगित गरेका छन । बिहीबार दिउँँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक १ घण्टापछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सभामुखले प्रचण्डसँग सोधेका थिए, लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट पनि अाग्रह भएपछि सभामुखले सूचना टाँस गरेर स्थगित गरेको स्रोतले जनाएको छ । प्रचण्ड पुत्री एवं स्वकीय सचिव गंगा दाहालले पनि बैठक स्थगित भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी छिन ।

प्रकाशित मिति : February 24, 2022 at 1:57 pm





