२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

बैतडीमा विद्यार्थी सवार टिपर दुर्घटनाः ३ जनाको मृत्यु, ५ जना घाइते

९ फागुन, बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा विद्यार्थी सवार टिपर दुर्घटना हुदा तिन जना विद्यार्थीको मृत्यु भएका जिल्ला प्रहरी कार्याल्य बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मृत्यु हुनेमा पाटन नगरपालिका वडा नम्बर ३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको रहेकाे प्रहरी निरीक्षक खड्काले बताए।

उनका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेमा १२ वर्षीय राजेश पन्त, १२ वर्षकै सुनिल भट्ट, १२ वर्षकै अमित बिष्ट र १३ वर्षीय सुदिप पन्त रहेका छन्। निर्माण व्यवसायीको टिपरमा चढेर सिगास माबिका विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ ।

टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरूले बताएका छन् । टिपर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी टोली खटिएको छ । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे अझै थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : February 21, 2022 at 7:12 pm