२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित

८ फागुन, काठमाडाैँ । प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा एमसीसी टेबल भएसँगै सभामुख अग्निप्रसाद सापकोटाले बैठक फागुन १२ गतेसम्म स्थगित भएको घोषणा गरेका हुन् ।

बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरे भने सो क्रममा सत्तापक्षकै र विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजीकै क्रममा कार्कीले एमसीसी टेबल गरेका हुन् ।

प्रकाशित मिति : February 20, 2022 at 2:24 pm