२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

नुवाकोट दुर्घटना अपडेटः ५५ जना घाइते, १० को अवस्था गम्भीर, उद्धारका लागि हेलिकप्टर माग

८ फागुन, काठमाडौँ । नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खसेर खेतमा लड्दा ५५ जना घाइते भएका छन । घाइते ५५ जनाको अहिले त्रिशुली अस्पतालमा उपचार भैरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा दिपेन्द्र पाण्डेले जानकारी दिए ।

डा पाण्डेका अनुसार घाइते मध्ये गम्भीर अवस्थामा रहेका १० जनाको रिफर गरिएको छ । जसमध्ये दुई बिरामीलाई काठमाडौँ लैजान हेलिकप्टर बोलाउन अनुरोध गरेको डा पाण्डेले दैनिकीलाई जानकारी दिए ।

किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट खसेर खेतमा पुगेको छ । साल्मे हुँदै काठमाडौं आउनेक्रेममा प्रदेश ३ ०१-००६ -ख १५४१ नम्बरको टिमुरे यातयातको बस किर्नेबगरमा दुर्घटनामा परेको हो । बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : February 20, 2022 at 12:45 pm