२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

माधव कुमार नेपालले जनतामाथि घात गरेः पूर्व प्रधानमन्त्री खनाल


८ फागुन, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति कडा आपत्ति प्रकट गरेका छन ।

‘कहाँ टेबल गर्छन् अरे, उनीहरुको भान्छाघरमा ? संसद त चल्दैन कहाँबाट टेबल हुन्छ ?’ खनालले भने, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन । खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाए ।

आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने उनले बताए । खनालले तीन बुँदामा असहमति जाहेर गरेका छन  । उनलको असहमति यस्तो छ,

-एमसीसी संसदमा लगेर अनुमोदन गर्नुपर्ने आवश्यकै छैन ।

-संविधानको धाराा २७९ बमोजिम संघीय कानून बनाएर मात्रै संसदमा लैजानुपर्छ ।

-एमाले अवरोधले संसद चलेको छैन । अबरुद्ध संसदमा टेबुल गर्नु राम्रो होइन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आईतवार १२:१७