२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

युवा संघको रक्तादान अभियान, चक्रपथ चोकमा १५० जनाले गरे दान

७ फागुन, काठमाडाैँ । राष्ट्रिय युवासंघ नेपाल काठमाडाैँ क्षेत्र नं ५ कमिटी र काठमाडाैँ महानगर कमिटीले शनिबार प्रजातन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । शनिबारको कार्य्रकमबाट १५० पिन्ट रगत संकलन गरिएको युवा संघका केन्द्रीय सदस्य प्रेम दाहालले जानकारी दिए ।

रगत दान गर्नेहरूलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रमाणपत्र दिएका थिए । सो अवसरमा एमाले केन्द्रीय सदस्य नारायण सिलवाल र काठमाडाैँ अध्यक्ष दीपक निराैला पनि सहभागी रहेका थिए ।

संघले केहीदिन अघि साताव्यापी रूपमा रक्तदान अभियान नै चलाएको थियो । शनिबारको कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य दाहाल, पेम्बा घले, ललिन्द्र राई, काठमाडाैँ माहानगर कमिटीका अध्यक्ष प्रबिन श्रेष्ठ लगायत अभियान सफल बनाउन सक्रिय देखिएका थिए ।

प्रकाशित मिति : February 19, 2022 at 8:46 pm