२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

७ फागुन, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका-८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले राईलाई शनिबार बिहान पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान थालिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १७:४८