२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

समाजवादीका नेता खड्कासहित कांग्रेस र माओवादीका ३० बढी एमालेमा, सचिव विष्टले गरे स्वागत

७ फागुन, गुल्मी । धुर्कोट गाउँपालिका २ पिपलधारामा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं स्थानीय नेकपा एमालेमा प्रबेश गरेका छन । एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिका अध्यक्ष बाबुराम खडका एमालेमा प्रबेश गरेका छन । त्यस्तै काङ्ग्रेस, माओवादी केन्द्र र बिबेकशिल साझा पार्टीबाट दुई दर्जन बढी कार्यकर्ता एमालेमा प्रबेश गरेका छन ।

पार्टी प्रवेश गर्ने खड्कासहितका अगुवा कार्यकर्तालाई एमाले केन्द्रिय सचीव तथा गुल्मी क्षेत्र न २ का साम्सद गोकर्ण बिष्ट, एमाले जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिह काउछासहितका नेता कार्यकर्तालाई एमालेमा स्वागत तथा सम्मान गरेका थिए । धुर्कोट गाउँपालिकाको अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रमको अवसरमा नेकपा एमालेका सचीव गोकर्ण बिष्टले एमसिसी सत्ता गठबन्धनलाई तातो दूध निल्नु न ओकल्लु भएको बताएका छन ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दुई जिब्रे प्रवृत्तिको कारण एमसिसिको बिवाद बल्झाएर गठबन्धनले अराजकता शृजना गरेको बताए । उनले एमसिसिको बिषयमा प्रचण्डले अमेरिका सहमतिको पत्र पठाएर सदनमा असमती र सडकमा आन्दोलन गरिएकोले दुई मित्र राष्ट्र अमेरिका र चिनका विरुद्धमा नागरिकमा भ्रम फैलिरहेको बताए ।

नेकपा एमालेको उदेश्यनै जनताको समृद्धि भएकाले सत्ता बाहिर हुँदा पनि एमाले प्रतिको जनलहर बढिरहेको बिष्टले बताए । एक हप्ताको निर्वाचन क्षेत्र भ्रमणमा आएका बिष्टले एक दर्जन बिकास आयोजनाको उद्घाटन तथा पार्टी कार्यक्रममा विभिन्न पार्टीका सयौं कार्यकर्ता एमालेमा प्रबेश गराएका छन ।

कार्यक्रममा जिल्ला इन्चार्ज दिनेश पन्थीले देशभर एमाले पार्टी प्रवेश गर्नेहरूको जनलहर देखेर काङ्ग्रेस माओवादी अत्तालिएको बताए । उनले अब जनता झुक्याएर र सत्ता तथा श्रोतको दुरुपयोग गरेर चुनाव जित्ने अवस्था नरहेकाले माओवादी, काङ्ग्रेस र समाजबादी लगायतका पार्टीबाट नेता कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेको बताए । त्यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष बालसिह काउछाले आगामी निर्वाचनहरुमा पिपलधारामा एमालेको लालझन्डा फहराउने बताए ।

उनले गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको राम्रो अभिमत हुँदाहुँदै काङ्ग्रेस माओवादी चुनावी समीकरणको कारण आफुहरु पराजित भएको बताए । अहिले पनि गाउँपालिकाका प्रमुख/उपप्रमुखसहित काङ्ग्रेस र माओवादी नेताहरूले युवाहरूलाई कोरिया र जागिरका चुनाब केन्द्रित भ्रम छर्ने कामको कडा प्रतिवाद गर्न पार्टी कमिटीलाई निर्देशन दिए ।

 

उनले सबै प्रवेश गर्नेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने काउछाले प्रतिबद्धता जनाए । एमाले प्रवेश गर्ने एकीकृत समाजबादिका नेता खड्काले पार्टीको आन्तरिक जीवनमा केहि असहज परिस्थिति देखा परेकाले केही समय पार्टीबाट टाढा भएपनी अब अझ अठोट र उर्जाका साथ काम गर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार १७:४६