२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णय

६ फागुन, काठमाडाैँ । सरकारले वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । बिहिबार बसेकाे मन्त्रीपरिषदकाे बैठकले वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रस्तावमा उनलाई बर्खास्त गरेको हो ।

त्यसैगरी, बैठकले श्रमिक अस्पताल स्थापनाको लागि प्रक्रिया अगाडि बढाउन श्रम, रोजगार तथा सामाजिक मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कंडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् निर्णयहरूः

प्रकाशित मिति : February 18, 2022 at 4:17 pm