नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले लिए शपथ
५ फागुन, काठमाडौं । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले शपथ लिएका हुन् । उनी कूटनीतिज्ञ हुन् ।
प्रकाशित मिति : February 17, 2022 at 12:30 pm





