२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

५ फागुन, कैलाली । कैलालीको धनगढी उपमहानगरपालीका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका–५ का ३१ बर्षीय दल बहादुर भट्टराई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलाली ६ का ३३ बर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

अत्तरियाबाट धनगढीतर्फ जादै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी सवा ७ बजे नियन्त्रण गुमाएर पल्टीएको प्रहरी चौकी कैलालीगाँउले जनाएको छ ।

प्रकाशित मिति : February 17, 2022 at 11:50 am