१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

नेपाली कांग्रेस विपीको डडेलधुरा संयोजकमा हमाल

४ फागुन, डडेलधुरा । प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको समाजवादलाई आदर्श मान्दै आएको पार्टी नेपाली कांग्रेस (बिपी) डडेलधुरा संयोजकको जिम्मेवारी तिलक हमालले पाएका छन् ।

बुधबार जिल्ला सदरमुकाम डडेलरामा भएको एक कार्यक्रममा हमाललाई संयोजकको जिम्मेवारी दिइएको हो । नेपाली कांग्रेस विपीका केन्द्रीय उपसभापति विष्णुप्रसाद ढकालले हमाललाई संयोजकको जिम्मेवारी दिएका हुन् । अब छिट्टै जिल्लामा कार्य समिति विस्तार गर्ने हमालको भनाइ छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १७:१२