२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

राप्रपाका दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

४ फागुन, काठमाडौं । एमसीसीको विरोध गर्दै राप्रपाका विभिन्न २१ भातृ संगठनहरूले काठमाडौंमा गरेको प्रदर्शनमा दर्जनभन्दा बढी नेता कार्यकर्ता पक्राउ परेको जनाएको छ । राप्रपाले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाको मागसहित प्रहरी प्रशासनले गरेको दमनको निन्दा एवं भत्सर्ना गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेता, कार्यकर्तामाथिको दमन संविधान प्रदत्त अधिकारको खिलाफमा छ । प्रशासनबाट भएको अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास र पानीको फोहराको प्रयोगबाट धेरै नेता, कार्यकर्ता घाइते भएका छन् ।’ प्रदर्शनका क्रममा राप्रपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही, पब्लिक युथ कलेजका इकाइ अध्यक्ष सुसन पुलामी मगरसहित दर्जनौं कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : February 16, 2022 at 5:03 pm