२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

१० किलो गाजासहित युवक पक्राउ

४ फागुन, सर्लाही । प्रहरीले अवैध लागु औषध गाजासहित एक युवकलाई पक्राउ गरेको छ । नेपाल–भारत सिमास्थित विष्णु गाउँपालिका–२ नदिया पकडि जाने सडकमा चेक जाचँका क्रममा लागु औषध गाजासहित कौडेना गाउँपालिका–२ निवासी २४ बर्षका विकास राउत पक्राउ परेका हुन् । पक्राउ परेका राउत सवार मोटरसाइकलको पछाडि सेतो बोरामा लुकाई छिपाई लौजादै गरेको १० किलो लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका राउत भारतीय नम्बर प्लेट बीआर ३० डबलु ५४६४ नम्बरको मोटरसाइकलमा गाजा लिएर नेपालबाट भारततर्फ जाँदै थिए । प्रहरीले बरामद लागु औषध गाजा, सवार मोटरसाइकल र पक्राउ परेका राउतलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जनाकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ११:५७