२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण

३ फागुन, खोटाङ । आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजना अन्तरगत दिक्तेलबजारका १० स्थानमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो । खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुग्दा मंगलबार फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको छ ।

दिक्तेलबजारमा आगलागी भएको बेलामा पानीको फोहरा फालेर दमकल सरह उपयोग गर्ने गरी फायर हाइड्रेन्ट गेट भल्भ तयार पारिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताउनुभयो ।

पहाडी जिल्लामा दिनानुदिन आगलागीका घटना बढिरहेको बेला दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण गरिएको हो । १८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यका साथ १४ चैत २०७५ देखि खानेपानी तथा सरसफाइ योजनाको काम सुरु गरिएको हो । सोही आयोजना अन्तरगत अग्नि नियन्त्रणका लागि फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको हो ।

प्रकाशित मिति : February 15, 2022 at 6:00 pm