२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने

३ फागुन, काठमाडौं । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए ।

‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने । बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको बताएका कोइरालाले जानकारी दिए ।

उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, नेता कोइरालाले भने ।

प्रकाशित मिति : February 15, 2022 at 11:55 am