साहित्यकार तारानाथ शर्माको निधन
३ फागुन, काठमाडौँ । साहित्यकार तारानाथ शर्माको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित ८७ वर्षिय शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

२०२६ सालको मदन पुरस्कार विजेता शर्माको मंगलबार मध्याह्न १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा. डा. जगमान गुरुङले जानकारी दिए । उनको शवलाई घरबाट प्रतिष्ठानमा नल्याई सिधै पशुपति आर्यघाट लैजाने कार्यक्रम रहेको उनले बताए । शर्माको निधनप्रति मदन पुरस्कार गुठीले पनि श्रद्धाञ्जली अर्पण गरेको छ ।
प्रकाशित मिति : February 15, 2022 at 12:10 pm





