पशुपति धर्मशालामा बतास समूहलाई अवराेध नगर्न अदालतकाे अन्तरिम आदेश
१ फागुन, काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्रको धर्मशालामा सञ्चालन भइरहेको होटल आनन्द प्रा.लि.लाई कुनै बाधा नगर्न पशुपति क्षेत्र विकास कोषका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनले आइतबार अन्तरिम आदेश जारी नहुन्जेलसम्म २०७६ वैशाख ३० गतेको सम्झौता वमोजिम होटल आनन्दलाई काममा अवरोध नगर्न भनेको हो ।
‘अन्तरिम आदेशको टुङ्गो नलाग्दासम्म २०७६ वैशाख ३० को करार सम्झौता बमोजिम होटल आनन्द प्रा.लि.को सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू नगराउनू भनी विपक्षहरुको नाउँमा अल्पकालिन अन्तरिम आदेश समेत जारी गरिदिएको छ,’ उच्च अदालत पाटनले जारी गरेको अल्पकालिन आदेशमा भनिएको छ ।

बतास समूहले पशुपतिको धर्मशालामा करार सम्झौता अनुसार होटल सञ्चालन गर्दै आएको थियो । बतासले सम्झौता विपरित होटल सञ्चालन गरेको भन्दै केही दिनअघि पशुपति क्षेत्र विकास कोषले सम्झौता रद्द गरेको थियो । त्यसपछि बतास समूह उच्च अदालत पाटन पुगेको थियो ।
प्रकाशित मिति : February 13, 2022 at 4:09 pm





