२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

लुम्बिनी प्रदेशमा मंगलबार सार्वजनिक बिदा

१ फागुन, काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले ३ फागुनमा प्रदेशमा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

१३ चैत २०७७ को लुम्बिनी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३ फागुनमा लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : February 13, 2022 at 3:49 pm