२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

नुवाकोटमा ‘नो रोड नो भोट’ अभियान, प्रचण्डको घरबेटीले बिगारेको बाटोमा नेतालाई निषेध

२९ माघ, काठमाडौँ । नुवाकोटमा ‘नो रोड नो भोट’ अभियान चलेको छ । राजनीतिक संरक्षणमा ठेक्का हत्याउने तर काम नगर्ने गरी बदनामी कमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्का पाएर पनि काम नगरेको पासाङल्हामु राजमार्गमा नेतलाई नै निषेध गरेर स्थानीय आन्दोलित भएका छन ।

स्थानीयहरूले स्वतस्फूर्त रूपमा अभियान चलाउँदै बाटो बनाउन माग गर्दै आएका छन । नुवाकोट प्रवेशको मुख्या नाका मानिने पासाङल्हामु राजमार्गको बिगत ७ वर्षदेखि बेहाल छ । एमसीसी जस्तै खालका अनेक शर्त स्वीकार गरेर भारतीय एक्जिम बैंकको ऋण लिएर सुरू भएको आयोजनाका कारण नुवाकोटका नागरिकले धेरै पीडा व्यहोरिसकेका छन ।

ठेकेदारको गैरजिम्मेवारीपनले सीमा नाघेपछि स्थानीयले ‘नो रोड नो भोट’ अभियान नै चलाएका हुन । उनीहरूले फागुन १ र २ गते नुवाकोटबाट काठमाडौँ जानेसम्पूर्ण यातायात समेत बन्द गराउने भएका छन ।

प्रकाशित मिति : February 12, 2022 at 10:42 pm