२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

पछिल्लो ६ महिनामा लागुऔषधसहित २२ सय ४६ जना पक्राउ, ६३ जना विदेशी

२६ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएयताको ६ महिनामा प्रहरीले अवैध लागुऔषधसहित २ हजार २४६ जनालाई पक्राउ गरेको छ ।

२०७८ साउन देखि पुस मसान्तसम्मको अवधिमा उनीहरु पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ ।

गृहका अनुसार पक्राउ पर्नेमा २ हजार १८३ जना नेपाली, ५८ जना भारतीय र ५ जना अन्य देशका नागरिक रहेका छन् ।

पक्राउ पर्नेहरुबाट ठूलो मात्रामा गाँजा, चरेस, अफिम, कोकिन लगायतका लागुऔषध बरामद गरिएको गृहले जनाएको छ ।

प्रकाशित मिति : February 9, 2022 at 12:22 pm