२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा भट्टराई नियुक्त

लुम्बिनी क्षेत्र विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो । रुपन्देहीको देवदह नगरपालिका स्थायी घर भएका भट्टराई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही सह–इन्चार्जसमेत हुन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १०:२७