२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बीर देउवाले प्रधानमन्त्रीको बैठक कक्षबाट हटाए

२५ माघ, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारको बैठक कक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारीको तस्बीर हटाएका छन । प्रधानमन्त्री भएको केही समयसम्म पनि देउवाको बैठक कक्षामा राष्ट्रपति भण्डारीको तस्बीर झुण्डिएको हुन्थ्यो तर पछिल्लो समय उनले उक्त तस्बीर हटाएका छन ।

देउवाले भण्डारीको तस्बीर हटाएर निशान छाप ठूलो बनाएर झुण्डाएका छन । उनले राष्ट्रपति भण्डारीको तस्बीर हटाएर निशान छाप राखेका हुन । देउवा प्रधानमन्त्री भएपछि भएको सत्तारूढ गठबन्धनको पहिलो बैठकमा (जुन समयमा देउवा आफ्नो कुर्सी छाडेर माधव नेपालको अघि सोफामा बसेका थिए) राष्ट्रपतिको तस्बीर रहेको थियो ।

तर देउवाले पछिल्लो पटक बोलाएको एमाले माओवादीसँगको बैठकमा कैद भएको तस्बीरमा राष्ट्रपतिको फोटो हटाएर निशान छाप राखिएको देखिएको छ । तस्बीर कुन कारण परिवर्तन गरियो भन्ने विषयमा प्रधानमन्त्रीको सचिवालयले केही प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १०:२४