१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

२४ माघ, बलेवा । सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हवाइ उद्धार गरिएको छ । वडिगाड गाउँपालिका–३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हवाई उद्धार गरिएको हो । आज बिहान १ बजे सुत्केरी हुनुभएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गर्नुभएको थियो ।

स्थानीय स्वास्थ्यकर्मीको प्रयाससमेत असफल भएपछि उहाँलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । वडिगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले उहाँको उद्धार गरेको हो । रातको समय सडकमा रहेको हिउँले यातायातमा समस्या भएकाले सुत्केरीलाई घरमै राखी राति ४ः१३ बजे मात्रै स्वास्थ्यकर्मीलाई खबर गरेको परिवारले जनाएको छ । उहाँलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार १६:०६