१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

चन्द्रागिरीमा हिउँ खेल्ने क्रममा हराएका ५ जनाकाे उद्धार

२४ माघ, काठमाडाैँ । आइतबारदेखि चन्द्रागिरिमा हराइरहेका एकै परिवारका ५ जनाको उद्धार गरिएको छ । चन्द्रागिरि डाँडामा हिउँ खेल्न गएका एक युवती र चार बालबालिकाको राति सवा १ बजे उद्धार गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

हिउँ खेल्न गएका चन्द्रागिरि नगरपालिका–६, महादेवस्थानकी २३ वर्षीया रिता गुरुङ, १५ वर्षीय सौभाग्य, १३ वर्षीय सहज, ११ वर्षीया जेनिसा र ७ वर्षीय एरविन गुरुङ हराएका थिए ।

प्रहरीका अनुसार उनीहरू चन्द्रागिरि जंगलमा सकुशल फेला पारिएको हो । उनीहरूको खोजीका लागि ३७ जनाको उद्धार टोली खटिएको थियो । ५ घण्टाको खोजीपछि उनीहरू फेला पारेर उद्धार गरिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ११:२०