२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवादको नारा जप्ने प्रचण्डको दुईजिब्रे पाखण्डी प्रवृति’

२४ माघ, काठमाडौँ। एमसीसीका बारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका लागि ठूलो भ्रमको पर्खाल खडा गरेको पुष्टि भएपछि उनको सर्वत्र आलोचना भैरहेको छ। माओवादीकै धेरै नेता र कार्यकर्ताले विचार व्यक्त गर्न समेत सकिरहेका छन । पूर्व माओवादीका नेताहरूले भने त्यो प्रचण्डको प्रवृतिको रूपमा रहेको भन्दै व्याख्या गरिरहेका छन ।

माओवादीका पूर्व नेता एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रचण्डको कदम राष्ट्रघाती रहेको बताएका छन । एमसीसीका पक्षमा खुलेर लागेका भट्टराईले प्रचण्डको दुई जिब्रे प्रवृति भने राष्ट्रघाती कदम रहेको बताएका छन । उनले ट्वीट गर्दै बाहिर राष्टवादको कुरा गरे पनि प्रचण्ड राष्ट्रघाती कदममा लागेको बताएका छन ।

उनले भनेका छन, ‘भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद ! नेपाली राजनीति जबसम्म यो पाखण्डी दुइजिभ्रे प्रवृत्तिबाट मुक्त हुॅदैन तबसम्म देश बन्दैबन्दैन । MCCजुन ढंगले गिजोलिदैछ त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !’

प्रकाशित मिति : February 7, 2022 at 8:16 am