२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

जनता समक्ष माफी माग्न देउवा र प्रचण्डलाई कमल थापाको आग्रह

२३ माघ, काठमाडौँ ।   राप्रपाका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जनतासँग माफी माग्न अनुरोध गरेका छन । आइतबार देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक भएसँगै उनले माफी माग्न आग्रह गरेका हुन ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले भनेका छन, ‘प्रम देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा MCCका पदाधिकारीलाई २९सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरित छ। कानुन,संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको छ।सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक छ।उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ।’

प्रकाशित मिति : February 6, 2022 at 9:14 pm