१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

देउवा र प्रचण्डले नग्नता प्रदर्शन गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा बद्नामीः प्रमुख भट्टराई

२३ माघ, काठमाडौँ । नेकपा एमालेका नेता एवं विदेश मामिला विभागका प्रमुख डा राजन भट्टराईले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट नग्नता प्रदर्शन हुँदा राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा नेपालको बद्नामी भएको बताएका छन ।

डा भट्टराईले समाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै भनेका छन, ‘आज नेपालको राष्ट्रिय राजनीति यसका केही पात्रहरूका कारण जे जसरी स्खलित भएको छ र यसप्रति राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा समेत जुन बदनामी भएको छ र अविश्वासको वातावरण बनेको छ । यसलाई सच्याएर विश्वास जगाउन आउने पुस्ताले धेरै ठूलो कसरत गर्नुपर्ने देखिदैछ। मुलुकको जिम्मेवार ठाउँमा रहेकाहरूबाट नग्नता प्रदर्शित हुँदा देश र नागरिकले के कस्तो मूल्य चुकाउन पर्नेरहेछ भन्ने पनि यस घटनाबाट उजागर भएको छ ।’

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार २०:५६