१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

ओली र प्रचण्ड बालुवाटारमा आमनेसामने, ओली मुस्कुराउँदा प्रचण्डले मुन्टो बटारे (फोटोफिचर)

२३ माघ, काठमाडौँ । एमालेसँग एकता गरेर बीचमै एमाले फुटाउने गरी पुनः माओवादीमै फर्किएपछि खासै आमनेसामने नभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बीचमा राखेर आमनेसामने भएका छन । ओली र प्रचण्ड आमनेसामने भएको तस्बीरमा ओली मुस्कुराउँदा प्रचण्डले भने मुन्टो बटारेको देखिएको छ ।

एमसीसीका लागि प्रचण्ड र देउवाले लेखेको भनिएको पत्र सार्वजनिक भएपछि देउवाको निमन्त्रणमा ओली बालुवटारमा पुगेका हुन । उक्त छलफलमा प्रचण्ड पनि सहभागी भएका छन । उनीहरूको बीचमा एमसीसीको अुनमोदन र स्थानीय निर्वाचनको विषयमा छलफल हुने बताइएको छ । तस्बीरहरूः राजन काफ्ले

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १६:२६