२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

चितवनमा सुकुम्बासीलाई लालपूर्जा बाँडेको भनेर माओवादीले भ्रम छर्योः उपाध्यक्ष पाण्डे

२३ माघ, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वभूमिसुधार मन्त्री विक्रम पाण्डेले चितवनमा माओवादीले लालपूर्जा बाँडिएको भनेर सुकुमबासीलाई भ्रम छरेको बताएका छन् ।

पाण्डेले आफू पूर्व भूमिसुधार मन्त्री भएको नाताले पनि यसबारेमा जानकार भएको भन्दै चितवनमा कुनै सुकुम्बासीलाई जग्गाको लालपूर्जा नबाँडिएको बताएका हुन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘ चितवनमा निस्सा बाँडेको हो लालपुर्जा होइन । निस्सा भनेको ओइलानी जग्गामा बसेको प्रमाण मात्र हो । लालपूर्जा भनेर हल्ला मात्र चलाइएको हो ।’

पूर्वमन्त्री पाण्डेले अहिले त्यती सजिलै लालपुर्जा बाड्ने सम्भावना नै नरहेको दाबी गरेका छन् । उनले भने, ‘ पहिलेको बाँकी रहेको केही लालपुर्जा बाँडेको भए मात्र नत्र ९९ प्रतिशत लालपुर्जा बाड्ने सम्भावना नै छैन । ’

उनले नयाँ ढंगले प्रक्रिया पुर्‍याएर नापी नगरेसम्म लालपुर्जा बाड्ने सम्भावना नै नरहेको बताएका छन् । लालपूर्जा बाड्नको लागि धेरै काम बाँकी छ यती हतार हतारमा लालपूर्जा बाड्नै नमिल्ने उनले बताए । उनले भने, ‘माडीमा लालपुर्जा बाड्न सर्वदलीय टोली जाने रे भन्ने सुनेको छु । चितवनका सुकुमबासीलाई सोध्नोस् कसैले लालपुर्जा नै पाएका छैनन् ।’

नारायणी अनलाइनसँगको सहकार्य

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १६:०७