२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमसीसीबारे प्रचण्डको भ्रमको पर्खाल भत्काउने यी हुन पत्रकार खगेन्द्र भण्डारी

२३ माघ, काठमाडौँ । विभिन्न राजनीतिक तिकड्म र भ्रमको पर्खाल खडा गर्नमा आफू अब्बल रहेको दाबी समयमा समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले गर्ने गरेका छन । उनले सबैलाई मुर्ख बनाउनुमा आफ्नो सफलता सम्झदै थिए तर आइतबार पत्रकार खगेन्द्र भण्डारीले उनले खडा गरेको एउटा विशाल भ्रमको पर्खाल भत्काइदिएका छन ।

अनलाइनखबरमा कार्यरत रहेका पत्रकार भण्डारीले प्रचण्ड र प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको मुख्यालयका लागि लेखेको अति गोप्य भनिएको पत्र समाचार मार्फत सार्वजनिक गरिदिएका हुन । पत्रको व्यहोराका बारेमा भने नेपाल लाइभले बिहीबार साँझ नै समाचार सार्वजनिक गरेकाे थियो । राजनीतिक बिटमा लामो समयदेखि कलम चलाउँदै आएका भण्डारी प्रधानमन्त्री निकटका पत्रकार पनि हुन ।

भण्डारीले देउवा र प्रचण्डले एमसीसीका लागि लेखेको गोप्य पत्र नै सार्वजनिक गरिदिएपछि अहिले राजनीतिक वृत्तमा तरंग पैदा भएको छ । कतिपयले गठबन्धनमा संकट उत्पन्न हुने बताइरहेका छन भने प्रचण्ड स्वंयले देउवासँग पत्र सार्वजनिक गराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पठाएको पत्र अशंको केही भावुनावादः

हामी नेपाली कांग्रेसका सभापति तथा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा एमसीसी सम्झौता पारित गर्न थप समय उपलब्ध गराउन एमसीसी बोर्डलाई आग्रह गर्दछौं ।

एमसीसी बोर्ड उपाध्यक्ष फातिमा सुमारको हालैको नेपाल भ्रमणका क्रममा एमसीसीबारे विस्तृत रुपमा छलफल गरेका छौ र संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छौं । यसलाई अनुमोदन गर्नेतर्फ नवगठित गठबन्धन सरकारले सबै प्रयत्न गरिरहेको छ ।

नेपाल सरकार एएमसीसी अनुदानको पक्षमा रहेको र यसलाई नेपालको आर्थिक विकासमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको तपाईलाई विश्वस्त पार्न चाहन्छौ ।

प्रतिनिधिसभाबाट सम्झौता अनुमोदनका लागि आवश्यक बहुमत प्राप्तिको उदेश्यसहित एमसीसीप्रति हाम्रो प्रतिबद्धता जनाउन आगामी चार पाँच महिनाभित्र निम्न कार्य गर्न हामी सहमत छौंः

१. हाम्रा पार्टीका सदस्यहरुलाई राम्रोसँग बुझाउन एएमसीसीबाट प्राप्त प्रष्टिकरणलाई सत्ता गठबन्धनका सम्पूर्ण साझेदारसँग छलफल गर्ने,
२. सम्झौता कार्यान्वयन, यसबारे गलत बुझाई र आशंका हटाउन नेपाली जनतासँग सार्वजनिक रुपमा सञ्चार गर्न नेपाल सरकारको स्रोत साधनको उपयोग गर्ने,
३. एमसीसी अनुमोदनमा सरकारको सकरात्मक धारणा देखाउन गठबन्धन सरकारले नेताहरुले संयुक्त पत्रकार सम्मेलन गर्ने,
४. सरकारी सञ्चार माध्यमद्वारा सम्झौतावारे वास्तविक सूचना प्रदान गर्ने,
५. सम्झौता चाँडो कार्यान्वयनका लागि प्राविधिक र सञ्चार गतिविधि पूरा गर्न एमसीसी नेपाललाई प्रोत्साहन गर्ने,
६. एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न सभामुखलाई चाँडो टेबुल गर्न संयुक्तरुपमा आग्रह गर्ने ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १४:५६