२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

नेकपा एसका केन्द्रीय सदस्य सरोज यादव एमालेमै फर्किए, महासचिव पोखरेलद्धारा स्वागत

२३ माघ, काठमाडाैँ । नेकपा एकीकृत सामाजवादीका केन्द्रीय सदस्य सरोजकुमार यादव नेकपा एमालेमै फर्किएका छन । माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा गएका उनी केन्द्रीय सदस्य त्यागेर एमालेमै फर्किएका हुन ।

नेकपा एमालेका नेता किशोरविक्रम मल्लका अनुसार यादवले एमालेमै फर्किएको जानकारी दिएका छन । उनलाइ एमाले महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गरेका छन ।  मल्लले महासचिव पोखरेल र यादवसँगै रहेको तस्वीर सार्वजनिक गर्दै यो कुराको जानकारी दिएका हुन ।

प्रकाशित मिति : February 6, 2022 at 2:33 pm