२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन

२३ माघ, काठमाडाैँ । सुप्रसिद्ध भारतीय गायिका लता मंगलेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

दैनिक भास्करका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनकाे पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

प्रकाशित मिति : February 6, 2022 at 10:27 am