२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

जुत्ता उद्योगमा भीषण आगलाी, मेचीनगरको दमकल बिग्रिँदा आगो निभाउन समस्या

२० माघ, झापा । झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो ।

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १४:००