२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

मुगुका अग्नि पीडितकाे ल्होसार त्रिपालमै

१९ माघ, मुगु । मुगुका अग्नि पीडितले यस वर्षकाे साेनाम ल्हाेसार त्रिपालमा मनाएका छन् । गत २९ कात्तिकमा गमगढी बजारमा भएको आगलागीका पीडितले यस वर्ष त्रिपालमै जसाेतसाे सोनाम ल्होसार पर्व मनाएका छन् ।

अग्नि पीडितले आफ्नो परपम्पराअनुसार त्रिपालमै सोनाम ल्होसार मनाएका हुन । विगतका वर्षहरूमा विभिन्न प्रकारका मिठाई लगायत अन्य सामग्री बनाएर पाहुना बोलाएर सँगै खाने गरेका उनीहरूले यस वर्ष गतिलाे बास नहुँदा कसैले नबाेलाई मनाएकाे ठिल्ले लामाले बताए ।

१५ दिनसम्म चल्ने सोनामा ल्होसारमा तामाङ समुदायले एक आपसका सद्धाव प्रेम साटासाट गर्ने, आफन्त, छोरी ज्वाइँलगायतलाई बोलाएर मिठा परिकार खुवाउने प्रचलन छ । साविक कर्णालीका पाँच जिल्लाहरु जुम्ला डोल्पा,,हुम्ला ,कालीकोट र मुगुमा बसोबास गर्ने तामाङ समुदायले बुधबार सोनाम ल्होसार मनाएका छन् । बौद्धधर्मालम्बीहरूको प्रमुख चाडका रुपमा मनाउने ल्होसारलाई नयाँ वर्षका रुपमा पिन मनाइने गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १७:३२