२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणका लागि श्रमदानको अभियान

१९ माघ, हुम्ला । हुम्लाका ताजाकोट गाउँपालिकाको लागि निर्माण कार्य भईरहेको कर्पुखोला लघु जलविद्युत आयोजनाको निर्माणमा श्रमदान अभि यान थालिएको छ । नेकपा माओवादी केन्द्र हुम्लाले आम नागरिकलाई विद्युत उपभोग गराई उज्यालो दिनका लागि श्रमदान अभियान सञ्चालन गरेको जनाएको छ । एकै दिन १२१ केजीका पेनिष्टिक पाइप ४० थान, ९० केजीका सोही पाइप ४० थान र ९०० केजी सरिया आयोजना निर्माण स्थलमा ढुवानी कार्य सम्पन्न गरिएको सोही गाउँपालिका इन्चार्ज गोपाल बुढाले बताए ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १२:०१