२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

साेनाम ल्हाेसारले साँस्कृतिक ऐक्यबद्धता बढाउन योगदान पुर्‍याउने सभामुखकाे विश्वास

१९ माघ, काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होछार (ल्हाेसार)को अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।

तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको आफ्नै विशेषता र महत्व रहेकाे बताउँदे सभामुख सापकाेटाले चन्द्र पात्रोमा आधारित यो नयाँ बर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको बताएका छन् ।

‘यस पर्वले सामुदायिक एकत्व, आपसी हित, भातृत्व र सामाजिक एवं साँस्कृतिक ऐक्यबद्धता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । भिन्न–भिन्न जात जातिले मनाउने पहिचान सहितका हाम्रा मौलिक चाड पर्वहरुको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो,’ उनले भनेका छन् । सापकाेटाले कोरोना भाइरसको महामारी कायम रहेकोले चाडपर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ०९:११