२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

आदिवासी जनजाति महासंघको प्रवास समितिको जिम्मेवारी हेरफेर, संयोजकमा पासाङ शेर्पा

१६ माघ, काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघले प्रवास समितिको जिम्मेवारी हेरफेर गरेको छ। महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनित गरिएको हो।

जसअनुसार महासंघले अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारी यूएई निवासी पासाङ शेर्पालाई दिएको छ। सामाजिक क्षेत्रमा क्रियासिल शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्।

छन्त्यालका अनुसार प्रवास समितिको उपसंयोजकको जिम्मेवारी पोर्चुगलका हेम गुरुङलाई दिइएको छ। यस्तै सदस्यसचिवमा बेलायत निवासी विमला सेन लिम्बु चयन भएकी छिन्। यसैगरी बहराइन निवासी मिलन राईले सहसचिवको जिम्मेवारी पाएका छन्। त्यस्तै आर्थिक संयोजकमा भने अष्ट्रेलियाका अरुण तामाङ चयन भएका छन्।

प्रकाशित मिति : January 30, 2022 at 10:11 pm