१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुनुपर्छ– डा कोइराला

१६ माघ, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिनुभयो । उहाँले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने विचार व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।” केन्द्रीय सदस्य डा कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव पनि दिनुभयो । उहाँले प्रदेश नं १ को नामकरण दलको सहमतिमा हुनुपर्ने भन्दै खर्च बढ्नेगरी मन्त्रालय टुक्र्याउने र मन्त्रीको सङ्ख्या बढाउने कुराले सुशासनमा असर पर्ने धारणा राख्नुभयो । देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले आफ्नो सरकार विस्तार गर्नुपर्ने र प्रदेश सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी हुनुपर्छ भन्नुभयो ।

प्रकाशित मिति : January 30, 2022 at 12:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/