२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

९० दिनसम्म कार्यालय नजाने कर्मचारीको सरकारी जागिर चट

१२ माघ, काठमाडौँ । बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ । पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो ।

यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : January 26, 2022 at 7:54 am