१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बन्यजन्तु तस्करीमा संलग्न रहेको अभियोगमा श्याम पाठकसहित चार युवा पक्राउ

१० माघ, काठमाडौँ । महानगरीय प्रहरी बृत्त महाराजगञ्जले बन्यजन्तु तस्करीमा संलग्न रहेको अभियोगमा श्याम पाठकसहित चार जना युवालाई पक्राउ गरेको छ । कस्तुरीको बिना जस्तो देखिने वस्तुसहित नुवाकोट, धादिङ र काठमाडौँका चार युवा पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर वडा नम्बर ७ घर भइ हाल तारकेश्वर नगरपालिका वडा नम्बर १ काठमाडौँ बस्ने बर्ष २९ को आशिक तामाङ, धादिङको धुनिवेशी नगरपालिका घर भएका बर्ष ३५ को श्याम पाठक, धुनिवेशी नै घरभै हाल तारकेश्वर नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ४० को राजु थापा र काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नम्बर १ का बर्ष ३४ को कृष्ण गुरागाई रहेका छन।

प्रहरीले उनीहरूलाई थप कारबाही र आवश्यक अनुसन्धानका लागि सोमबार डिभिजन बन कार्यालय, हात्तीसार पठाइएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार १९:५१