२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

डा भीम रावलको प्रश्नः २४ लाख कोरोनाको खोप गायब पारेको विषयमा किन छानविन भएन ?

०६ माघ, काठमाडाैँ । नेकपा एमालेका नेता डा भीमबहादुर रावलले कोरोनाविरूद्धको २४ लाख खोप गायब भएको विषयमा सरकारले छानविन नगरेको विषयमा प्रश्न गरेका छन । सामाजिक सञ्जाल ट्वीटर मार्फत डा रावलले यस्तो प्रश्न गरेका हुन ।

उनले बिहीबार बिहानै ट्वीट मार्फत भनेका छन, ‘देशमा कोरोना विषाणुको संक्रमण फेरी बढिरहेको बेला २४ लाख खोप गायब भएको कुरा स्वास्थ्य मन्त्रालयका अधिकारीले नै सार्वजनिक गरेकाछन्।यस्तो गम्भीर विषयमा छानबीन गर्न सरकार किन तयार हुँदैन ? कानून, जिम्मेवारी र नैतिकता कहाँ हरायो ?’

प्रकाशित मिति : January 20, 2022 at 10:28 am