२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

काठमाडाैँकाे कलंकीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ माघ, काठमाडाैँ । काठमाडाैँकाे कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकाे छ ।

शनिबार बेलुका सात बजे बा ख ६–१४५९ नम्बरको बसले प्रदेश नम्बर २ ०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २१ वर्षका सङ्गीत बुढामगरको ज्यान गएको हो।

फाइल तस्वीर

बुढामगरको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : January 16, 2022 at 11:28 am