बालाको के हो चाला ? आफ्नै पूर्व घोषणा विपरित पत्रकार महासंघको बैठकमा सहभागी
३० पुस, काठमाडौँ । एक महिनाअघि नेपाल पत्रकार महासंघको उपाध्यक्षबाट राजिनामा दिएर नेपाली कांग्रेसको पूर्णकालीन राजनीतिमा लागेको घोषणा गरेकी बाला अधिकारी पुनः पत्रकार महासंघको बैठकमा फर्किएकी छिन । पत्रकार महासंघ छाडेर पार्टी राजनीतिमा लागेको स्वयं घोषणा गरेर चर्चा समेत कमाएकी अधिकारी शुक्रबारबाट कपिलवस्तुमा सुरू भएको महासंघको बैठकमा सहभागी भएकी हुन ।

डेढ दशकदेखि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आएकी अधिकारीले गत मंसिरमा कांग्रेस केन्द्रीय सदस्यमा भोट माग्दै महासंघको जिम्मेवारी त्यागेको बताएकी थिइन । उनले त्यतिखेर भनेकी थिइन, ‘म नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महासंघको बिधान,आचार संहिताको पालना गर्नु मेरो प्रमुख कर्तब्य रहेको कुरा मलाइ हेक्का छ । नेपाल पत्रकार महासंघको २६औ महाधिबेशनमा मलाइ आफ्नो अमुल्य मतदिएर महासंघको नेतृत्वमा पुर्याउनुहुने संपुर्ण मतदाताहरुमा हार्दिक आभार ब्यक्त गर्दछु।म महासंघको नेतृत्वमा नरहेपनि तपाइहरुको मतको उच्च सम्मान गर्दै हर हमेशा तपाइहरुको माझ सुस्ख दुस्खमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तब्य पार्टि राजनिति तिर १११’

उपाध्यक्ष अधिकारी बैठकमा सहभागी भएपछि दुइ दर्जन केन्द्रीय सदस्यले महासंघको बैठक नै बहिष्कार गरेका छन । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा फड्को मार्न नसकेपछि उनी पत्रकार महासंघको बैठकमा पुगेकी छिन । योसँगै महासंघभित्र चर्को असन्तुष्टि पोखिएको छ ।
यो पनि पढ्नुहोस्
-पत्रकार महासंघको उपाध्यक्ष त्यागेर कांग्रेसको पूर्णकालीन राजनीतिमा लागिन बाला

प्रकाशित मिति : January 14, 2022 at 1:54 pm





