२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

कटुवा पेस्तोलसहित २२ वर्षीय सविर मियाँ पक्राउ

२९ पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुनसरीले सुनसरीको इनरुवा नगरपालिका–३ बाट हतियारसहित एक जनालाई पक्रेको छ । प्रहरी जाँचका क्रममा इनरुवा नगरपालिका(३ महेन्द्रचोकबाट हरिनगरा गाउँपालिका(७ घुस्कीका २२ वर्षीय सविर मियाँलाई बुधबार साँझ पक्रेको हो ।

मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ । मियाँमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : January 13, 2022 at 3:45 pm